अनुरागमा नेपाल आइडलका प्रताप दासले गाएको लिरिकल भिडियो सार्बजनिक

काठमाण्डौ : नेपाल आइडलका प्रताप दास ले गाएको “तिम्रो स्वरमा स्वर मिलाई …’ बोलको  लिरिकल भिडियो सार्वजनिक भएको छ ।

गीतमा सरोज पोखरेलको संगीत रहेको छ भने शब्द सत्य राज चौलागाईंको छ ।उक्त लिरिकल भिडियोलाई टेकेन्द्र शाहले सम्पदान गरेका छन् ।

निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘अनुराग’को २०७५ को जेष्ठ ११ गतेलाई प्रदर्शन मिति तोकिएको छ । ‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नवनायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ ।

साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत, शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो।चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति रहेको ‘अनुराग’ फिल्ममा भरत गौतम र गीता भेटवालको लगानी रहेका छ ।

उक्त फिल्ममा लाइन प्रोडुसर दिपक गौतम रहेका छन भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् । फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ । उक्त लिरिकल भिडियो ओ एस आर डिजिटल युट्युव चानल सार्वजनिक गरिएको छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...