प्रधानमन्त्री ओलीले ऋषि धमलालाई भने,‘अब हमला आर्थिक समृद्धि र विकासको लागि गर्नुहोस्’

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार ऋषि धमलालाई अब विकास र समृद्धिको लागि हमला गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधि सभा सांसद, राष्टिकय सभा तथा प्रदेश सभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिन बुधबार आयोजना गरेको प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

चियापन समारोहमा पुगेका पत्रकार धमलालाई ओलीले विशेष आग्रह गर्दै अब आफ्ना कार्यक्रमहरु आर्थिक विकास र समृद्धितर्फ केन्द्रित गर्न सुझाए । ओलीले भनेका थिए,‘अब तपाईको हमला आर्थिक समृद्धि हाँसिल गर्नतर्फ केन्द्रित होस्, मेरो शुभकामना छ ।’

ओली त्यतिमात्रैमा रोकिएनन् । उनले पूनः दोहोर्याएर भने,‘अब रिपोर्टर्स क्लब र तपाई आवद्ध अन्य मिडियामार्फत आर्थिक समृद्धिको लागि हमला गर्नुहोस, विकासको विगुल फुक्नुहोस् । बहस अघि बढाउनुहोस्।’

प्रधानमन्त्री ओलीले धमलालाई यस्तो आग्रह गरिरहँदा सँगै रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने मुसुमुसु हाँसेका थिए ।


Loading...
Loading...

धेरैले पढेको

Loading...