चैत १, काठमाण्डौ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम हटाएको छ । पराजुलीको नाम हटाएर बिहीबार सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई कायम मुकायम प्रधानन्यायाधीश तोकिएको छ ।

सर्वोच्च अदालतको वेबसाइटमा पराजुलीको नाम हटाई जोशीलाई कायम मुकायम प्रधानन्यायाधीश उल्लेख गरिएको छ । सर्वोच्च अदालतले जोशीलाई कायम मुकायमको रूपमा जिम्मेवारी दिएसँगै उनले पेशी तोकेका छन् ।

हेर्नुहोस सर्वोच्च अदालतको वेवसाइट

जोशीले आफ्ना एकल इजलाससँगै पराजुलीबाहेक अदालतमा रहेका सबै न्यायाधीश रहेको इजलास तोकका हुन्। न्याय परिषद्ले बुधबार प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको जानकारी गराएपछि वरिष्ठतम न्यायाधीश जोशीले बिहीबारका लागि पेशी तोकेका हुन् ।

परिषद्को यो निर्णयसँगै पराजुलीले बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । भेटमा प्रधानमन्त्री ओलीले पराजुलीलाई बिदामा बस्न वा अर्को कुनै सहज बहिर्गमनको बाटो अपनाउन सुझाव दिएको बताइएको छ ।

यद्यपी पराजुलीले भने आफू पदमुक्त नभएको दाबी गरेका छन् ।
ऋषि धमलासँग कुरा गर्दै उनले न्याय परिषदको कदम गैर कानुनी भएको भन्दै उनले आफू नियमित काममा जाने बताएका थिए । तर अब उनलाई कार्यालयमा हाजिर भएर काम गर्ने बाटो बन्द भएको छ ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट