२०१ मतसहित तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित (फोटोफिचर)

काठमाडौँ, २ चैत्र  । एमाले सांसद शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकी छन् । कांग्रेस उम्मेदवार पुष्पा भूसाललाई हराउँदै तुम्बाहाम्फे उपसभामुख निर्वाचित भएकी हुन् ।

वाम गठबन्धनकी तुम्बाहाम्फेले २०१ मत पाउँदा भूसालले ६१ मत पाइन् । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङको प्रस्ताव र एमालेका रवीन्द्र अधिकारीको समर्थनमा तुम्बाहाम्फे उपसभामुख भएकी हुन्। ५३ वर्षीया तुम्बाहाम्फे एमालेकी समानुपातिक सांसद हुन्।

तस्विर : मुकुन्द कालिकोटे 


Loading...
Loading...

धेरैले पढेको

Loading...