चैत ८, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक भोलीदेखि सुरु हुँदैछ । चुनावमा पार्टीले बेहोरेको पराजयको समिक्षा गर्नका लागि बैठक बस्न लागेको हो ।

बैठकअघि कांगेसका विभिन्न गुटहरुले आन्तरिक तयारी तिब्र बनाएका छन् । एक पक्षले चुनावमा पार्टीले हार्नुको कारण सभापति शेरबहादुर देउवाको कमजोरी भएको आरोप लगाउँदै आएको छ । अर्को पक्षले भने नेतृत्वको कमजोरी भनै वाम गठबन्धनका कारण कांग्रेसका उम्मेदवार हारेको तर्क गरिरहेको छ ।

भोली बस्ने केन्द्रिय समितिको बैठकमा पनि चुनावमा हारको जिम्मेवारी कसले लिने भन्नेमा बहस हुने देखिन्छ ।

कांग्रेस केन्द्रिय सदस्य रमेश लेखकले कांग्रेसभित्र अलिअलि द्धन्द्ध भएको र संचारमाध्यमले द्धन्द्ध बढाउने काम गरेको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले द्धन्द्ध देखिए पनि त्यसले सकारात्मक परिवर्तन गराउने विश्वास व्यक्त गरे ।
पार्टीभित्र फरक फरक धारणा आइरहेको भन्दै उनले आएका धारणामा छलफल गर्दा पार्टीलाई राम्रै फाइदा हुन सक्ने बताए ।

भोलीदेखि बस्ने बैठकले समसामयिक राजनीतिक स्थिती र कांग्रेसको पराजयको कारणहरु सुक्ष्म रुपमा खोजिने लेखकले बताए ।

“कांग्रेस पराजित भएको छ, यो सत्य हो । पार्टीभित्र केही समस्याहरु छन्, यो पनि सत्य हो । समस्या समाधान गर्दै लानुपर्छ, यो पनि सत्य हो ।” लेखकले भने ।

पराजयको कारणबारे ठीक ढंगले विश्लेषण गर्नुपर्ने लेखकको भनाई छ । सही विश्लेषण नगर्ने हो भने सही निष्कर्षमा पनि पुग्न नसकिने उनले बताए ।
“पराजयबारे समग्र मूल्याङ्कन गरिनुपर्छ । सामुहिक जिम्मेवारीको कुरा हो । सभापतिलाई दोष दिएर अरु सबै चोखो हुने कुरा गर्नु हुँदैन ।” लेखकले भने । “पछिल्लो सयम कांग्रेसको नेतृत्वमा भएका ऐतिहासिक सफलता पनि देउवाको एकल प्रयासले भएको होइन । चुनावमा हार्नुको कारण पनि देउवा मात्रै होइन ।”

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट