गौर, रौतहट, २८ चैत : तस्करीमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन् । गएराति सशस्त्र वेसक्याम्प सरमुजुवाका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठको नेत्त्वमा गएको सशस्त्र प्रहरी टोलीले बारा र रौतहट सीमाबाट भारतीय नागरिक १६ वर्षीय विकास कुमारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कुमारबाट प्रहरीले रु ६ लाख मुल्य बराबरको लत्ताकपडा तथा तस्करीमा प्रयोग गरिएका चारवटा मोटरसाइकल समेत बरामद गरेको छ । उनलाई गौर भन्सार कार्यालयको जिम्मा लगाएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । (रासस)

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट