धनराज वास्तविक: काठमाडौं, २९ चैत । भनिन्छ कलाकारहरुको जीवन र प्रेम सधै चर्चामा रहने गर्दछ । अर्को तर्फ कलाकार समाजका असली ऐना पनि हुन । कलाकार भनेको गीत गाउने, चलचित्रमा नाच्ने मात्रै हो भन्ने हामीमा एउटा ठूलो भ्रम छ । कलाकारहरु यति ठूलो भ्रम मात्रै होईनन्, समाजका जागरण कर्ता हुन ।

कलाकारहरुमा विभिन्न प्रकारको कला हुन्छ । हरेक व्यक्तिहरु कुनै न कुनै कला लिएर जन्मिएका हुन्छन् । कोही गीत गाउँने कलाकार हुन्छन्, कोही अभिनय गर्ने कलाकार । कोही हास्यव्यङ्ग्य कलाकार हुन्छन् र राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा मानिसले आफ्नो कला प्रदर्शन गरेकै हुन्छ ।

हाम्रो देश अनेकौं कलाले भरिपूर्ण छ । अनेनेकौं विविधताले सम्पन्न छ । सभ्य र भव्य कलाको पगरी गुथेको संस्कृति छ । नेपाली परिदृश्यमा धेरै प्रकारका चाड पर्व र मौलिख संस्कृतिहरु छन् । हरेक महिनामा कुनै न कुनै पुरानो संस्कार संस्कृति परेकै हुन्छ । यसै क्रममा नेपालीहरुको घर आँगनमा नयाँ वर्ष २०७५ ले आगमनका खुट्टाहरु उचाली रहेको सबैलाई अवगत नै छ ।

स्वदेश तथा विदेमा रहेका नेपालीहरुले एक अर्कालाई नयाँ वर्षको अवसरमा सुख दुःखहरु साटासाट गर्दै शुभकामना आदान प्रदान कार्यक्रम गरिरहेका छन् । स्वदेश तथा विदेशमा रहेका हरेक नेपालीहरुले नयाँ वर्षलाई उत्साह र उमंगका रुपमा लिने गर्दछन् ।

नयाँ वर्षको अर्थलाई उल्लेख गर्ने हो भने प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको सुरुवातलाई नयाँ वर्ष भन्ने गरिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वीसम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ ।

सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ । यस अवसरमा आपसमा सद्भावको आदानप्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

यस दिन सार्वजनिक बिदा पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरकासाथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।
यस वर्षको पहिलो दिन नेपाली कलाकारहरु के गर्दैछन् त ?

राजेश हमाल

नेपाली चलचित्र जगतका महान हस्तिका रुपमा लिईने महानायक राजेश हमाल नयाँ वर्षको दिन राजधानीमै हुनेछन् । उनले आफ्नो घरपरिवासँग नयाँ वर्ष मनाउने बताएका छन् ।

नेपाली चलचित्रका सायदै पर्दा बाहेकमा उनको अभिनय देख्न पाईने स्थिति पातलो बन्दै गएको उनका समर्थकहरुले बोल्न थालेका छन् । केही क्रान्तिकारी लेखक र चलचित्रमा परिर्वतन, जन पक्षिय दृश्य र जागरका कथा हुनुपर्छ भन्नेहरुले उनलाई स्वीकार गरेको पाईदैन ।

केही समय अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रममा हमाललाई समावेश गरेका थिए । भारतीय चलचित्रको छायांकनको लागि हमालले भारतीय चलचित्र कर्मीसँग कुरा गर्ने भनेर हल्ला गरिएपनि उक्त भ्रमणमा उनी ‘शो पिस’ मात्रै बनेको कतिपयको टिप्पणी छ ।

 

रेखा थापा

नेपाली चलचित्रको क्षेत्रमा नारीहरुको भूमिकालाई सामान्य रुपमा लिन नसकिने खालको छ । सामान्य दृश्य र अभिनयमा मात्रै देख्न पाईने नायिकाहरुलाई चुनौतिको सामना गर्न सक्ने पात्रहरु पनि हुन भन्ने प्रमाणित गर्ने नायिका हुन रेखा थापा ।

पुरुषहरुले मात्रै निमार्ण गर्दै आएको ‘एक्सन मुभि’ को रेकर्ड नायिका रेखा थापाले तोडिन । अर्को तर्फ उनले नारीहरु पनि गर्न सक्छन् भन्ने रेकर्ड पनि राख्न सफल भईन । नायिका करिश्मा मान्धर, गायिका कमल ओलीसँगै राजनीतिक प्राणी बन्न पुगेकी एउटी उत्सुक नारी हुन रेखा थापा ।

उनका केही समर्थकहरुले चञ्चले र अस्थिर नायिकाको रुपमा सम्बोधन गर्छन् । केहीले हिम्मतवाली, कसैले अभियान्ता, कसैले राजनीक कर्मी यस्तै यस्तै । अन्ततः उनी वर्षमा एउटा राम्रो चलचित्र निमार्ण गर्ने नायिका निमार्ता, बालबिवाह अन्त्यको लागि महा अभियानको अभियान्ता नै हुन । उनले नयाँ वर्ष आमासँग राजधानी मै मनाउने बताएकी छन् ।

बद्री पंगेनी

नेपाली लोक तथा दोहोरी गीत संगीतमा प्रभावशाली रुपमा आउने नाम हो गायक बद्री पंगेनी । राष्ट्रिय लोक तथा दोहोरी गीत पतिष्ठान नेपालका अध्यक्ष समेत रहेका गायक पंगेनी जागरण गायक हुन भन्दा अन्यथा हुँदैन ।

उनले स्टेजका कार्यक्रममा होस् यात अन्य कार्यक्रममा होस् नेताहरुको काँधमा रहेको राज्यलाई उचित बाटोमा हिडाउन र जनताको पक्षमा काम गर्नको लागि सचेतना फैलाउँनु र सजक बनाउनु उनको मुल कर्म जस्तै बनेको छ ।

उनका गीत जस्तै उनी आजका दिनसम्म साधारण छन् । शक्तिशाली व्यक्ति भएरपनि सामान्य बन्न सक्ने व्यक्ति कमै हुन्छन् । यस्ता थोरै व्यक्तिमा उनी पर्छन् । पछिल्लो समय निक्कै व्यस्त रहने गायक पंगेनी नयाँ वर्षको दिन दोलाल घाट महोत्सवमा गीत गाउने छन् ।

उनलाई स्टेज किङ् पनि भन्ने गरिन्छ । घरी रुवाउने घरि हसाउँने उनको प्रस्तुतिका हजारौ फ्यानहरु छन् । उनको समकक्षि साथीहरु थोरै मात्र यसरी चलिरहेका छन् । पंगेनीले समयसँग चल्न जानेका छन् । उनी कुरा काट्नेहरुको पछि लागदैनन् । गालि गर्नेहरुले गरिरहनु भन्नेमा पुगेका छन् । यो प्रवृति पत्रकार ऋषि धमालाबाट सिकेको स्वीकार गर्छन् ।

अनमोल केसी

यूवा पुस्ताका चर्चित नायक हुन अनमोल केसी । उनले पनि नयाँ वर्ष २०७५ साल राजधानी मै मनाउने बुझिएको छ । खासै सामाजिक सञ्जालमा उपस्थिति नजनाउने नायक केसी पुराना पाका नायक भूवन केसीका छोरा भएकै कारणले पनि चर्चा कमाएको कतिपयको भनाई छ । उनका समर्थक भने नेपालमा कम छैनन् ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट