काठमाडौं, ३० चैत । नायिका एवम् अभियान्ता रेखा थापाले निमार्ण गर्ने भनिएको चलचित्र ‘लाल मस्तिष्क’ को नाम परिवर्तन गरेर ‘मालिका’ राखिएको छ । प्रस्तावित लाल मस्तिष्कको बारेमा आएका सुझावको आधारमा नायिका थापाले मालिका नामक चलचित्र निमार्ण गर्ने भएकी हुन ।

नयाँ प्रोजेक्टको लागि कुना कन्दरमा पुगेकी नायिका थापाले कर्णाली प्रदेशको जाजरकोटकि १४ वर्षीया कमला वलीलाई उक्त चलचित्रको मुख्य भूमिकामा उतार्ने निर्णय समेत गरेकी छन् ।

नायिका थापाको रोजाईमा ‘नन याक्टर’ अथवा कलाकारीताको धार भन्दा परकी कमला परेकी छन् । राजधानी काठमाडौ शहरमा मिस नेपालको बारेमा तछाड मछाड भैरहेको बेला नायिका थापाले आगामी बन्ने चलचित्रमा नन याक्टरलाई भूमिका दिने घोषणाले बजार तताएको छ ।

बाल विबाह अन्त्यको महा अभियानको दौरानमा रहेकी नायिका थापा समाज रुपान्त्ररणको लागि र महिला अधिकारको लागि आफूसँग भएको सम्पूर्ण शक्ति र सामथ्र्य प्रयोग गर्ने बताउँदै आएकी छन् । चलचित्र मालिका बैशाख आगामी २४ गते देखि छायांकन शूरु हुनेछ भने लक्ष्मी पुजाको दिन प्रदर्शनमा आउने छ ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट