वैशाख १, काठमाण्डौ । पछिल्लो समय इन्टरनेट र मोबाइलको प्रयोग बढद्ै जाँदा यसले अन्य धेरै पक्षलाई समेट्ने गरेको छ । विशेषगरी विभिन्न प्रयोजनका मोबाइल एपहरुको प्रयोगमा वृद्धि भइरहेको छ ।

नयाँ वर्षको अवसरमा वास्तु एप Vastu Manthan सार्वजनिक गरिएको छ । वास्तुशास्त्र तथा पञ्चाङ्गसम्बन्धी सम्पूर्ण कुरा समेटिएको वास्तु एप प्रयोग गर्न वा हेर्न निकै सरल बनाइएको छ ।

Vastu Manthan मा नेपाली पात्रो, १८ प्रकारका साइतहरु, दैनिक बारबेला, होरा, अभिजित मुहुर्त, राहुकाल सम्बन्धि साइतहरु हातेघडिको समय अनुसार निर्माण गरिएको छ । त्यस्तै जुठो सुतक निर्णय, थर गोत्र सम्बन्धी जानकारी सजिलोसङ्ग हेर्न सकिनेछ ।

एपमा दैनिक, साप्ताहिक, मासिक र वार्षिक रासिफल, दैनिक वास्तु टिप्स समावेश गरिएको छ ।

त्यसैगरी कान्तिपुर टेलिभिजनमा दैनिक रुपमा प्रसारित वास्तु भिडियो र दैनिक पन्चाङ्ग, यात्रा साइतलाई पनि एपमा समावेश गरिएको छ ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट