काठमाडौं, २ वैशाख  । स्पेनिस फुटबल क्लव बार्सिलोनाले घरेलु लिग फुटबलमा नयाँ कीर्तिमान कायम गरेको छ ।

गएराति भएको खेलमा भ्यालेन्सियालाई २–१ ले हराउँदै बार्सिलोनाले घरेलु लिगमा सार्वाधिक ३९ खेलसम्म अपराजित हुने कीर्तिमान रचेको हो । यसअघि यो कीर्तिमान रियाल सोसिडाडाको नाममा ३८ खेलको थियो ।

गएरातिको खेलमा बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेज र सामुएल उम्टिटीले एक/एक गोल गरे ।

भ्यालेन्सियाका डानी पारेयोले एक गोल फर्काउदै हार अन्तर कम गरे । जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि दौड बलियो पारेको छ ।

लिगमा ३२ खेलबाट बार्सिलोनाको ८२ अंक भएको छ भने एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ६८ अंकसहित दोस्रो स्थानमा छ ।

६५ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा रहँदा चौथो स्थानको रियाल मड्रिडको ६४ अंक छ । रियाल मड्रिडले आज राति मालागासँग उसैको मैदानमा खेल्दैछ । एजेन्सीको सहयोगमा 

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट