काठमाडौं, २ वैशाख । नायक अनमोल केसीलाई भेट्न भन्दै घरबाट भागेर आएका चार जना भारतीय बालिका काठमाडौंमा भेटिएका छन् । भारतीयहरुले पनि नेपाली कलाकारलाई भेट्न घरबाट भाग्न थालेका छन् भन्ने यो खबरले पुष्टि गरेको छ ।

भारतबाट भागेर आएका १४ वर्ष मुनिका ४ जना किशोरीलाई माइती नेपालले काठमाडौंको कोटेश्वरबाट उद्धार गरेको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिएका छन् ।

भारतीय किशोरीका परिवारले कालिम्पोङको एक गैर सरकारी संस्थामा सम्पर्क गरेको र त्यो संस्थाले काठमाडौंको माइती नेपालमा बिहान सम्पर्क गरेपछि किशोरीको उद्धार गरिएको हो । उद्धार गरिएका किशोरीलाई माइती नेपालमा नै राखिएको छ । उनीहरुको बारेमा जानकारी लिएर घर फर्काइने माइती नेपालका निर्देशक खड्काले बताए ।

नेपाली चलचित्र र नेपाली नायक नायिका नेपाली भाषी भारतीयहरुबीच निक्कै नै लोकप्रिय हुन्छन् । चलचित्रकै प्रभावमा परेर किशोरीहरु नायक अलामोललाई भेट्न नेपाल आएको अनुमान छ ।

अनमोलले अभिनय गरेका गाजलु, ड्रिम्स, होस्टल, जेरीलगायतका चलचित्र चर्चित छन् । उनको पछिल्लो चलचित्र कृले नेपाली भाषीको बाहुल्यता रहेको भारतीय बजारमा पनि राम्रो बजार पाएको थियो ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट