ललितपुरको मानभवनमा बुधबार बसेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओली । तस्बिरः नवीन पौडेल, रासस

काठमाडौं, ३ बैशाख । पार्टी एकताबारे ठोस सहमति गर्न प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक लम्बिएको छ ।

बालुवाटार निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले सम्मानजनक एकता त्यसमा पनि ५० ५० हुनुपर्ने अडान र प्रधानमन्त्रीमा आलोपालो हुनुपर्ने जिकिर गरेपछि दुई नेताहरुको बैठक केही लम्बिएको हो । बैठकमा प्रचण्डले प्रधानमन्त्री आलोपालो चलाउनेबारे लिखित नै सहमति खोजेपछि ओली सहमत हुन नसक्ने मुडमा छन् ।

बैठक अझै केही बेर लम्बिने स्रोतको दाबी छ ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट