कमल थापालाई अध्यक्षबाट हटाउने 

काठमाडौं, ३ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले राजाबादी तीन वटा पार्टीहरु राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा (राष्ट्रबादी)लाई एक गराउने र यसको नेतृत्व बुद्धिमान तामाङलाई दिलाउनेगरि आफ्नो मुभ अघि बढाएका छन् ।

स्रोतले दिएको जानकारी अनुसार पूर्वराजा ज्ञानेन्द्रले राप्रपाको अध्यक्ष कमल थापा हुन नहुने धारणा राखेका छन् । तीन वटै राप्रपा मिलाएर बुद्धिमानलाई अध्यक्ष बनाउन शाह लागिपरेका छन् ।

यसबारेमा शाहले डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरसँग पनि छलफल गरेका छन् । राणा र लोहनी तीवटै पार्टी एकता गर्न र एकीकृत पार्टीको नेतृत्व तामाङलाई दिन तयार रहेका छन् । तर, कमल थापाले नेतृत्वमा तामाङलाई स्विकार्न नसक्ने बताइदिएका छन् ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट