वैशाख ४, काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन ।

परराष्ट्र मन्त्री ज्ञवाली चिनियाँ समकक्षी वाङ यीकोे मैत्रीपूर्ण निमन्त्रणामा बेइजिङ गएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि नेपाल र चीनबीच भएको यो पहिलो औपचारिक भ्रमण हो ।

भ्रमणबारे जानकारी दिदै परराष्ट्रमन्त्री ज्ञवालीले दुवै देशका उच्चस्तरीय भ्रमण गराउनेबारे छलफल हुने जानकारी दिएका छन् ।

कुटनीतिज्ञ राजेश्वर आचार्यले नेपाल र चिनबिचमा सुल्झाउनुपर्ने अप्ठ्यारो परिस्थिती नभएको बताएका छन् । परराष्ट्रमन्त्री ज्ञवाली चिन भ्रमण प्रधानमन्त्री केपी ओलीको चिन भ्रमणको तयारीका लागि मात्रै भएको हुन सक्ने आचार्यले बताए ।

नेपालको परराष्ट्र नीतिको विश्वसनियतामा खडेरी परेको भन्दै चिनका लागि नेपालका पूर्व राजदुतसमेत रहेका अचार्यले मित्रराष्ट्रहरुसँग सन्धी सम्झौता हुने तर पालना नभएको बताए ।

स्थायी सरकारका परराष्ट्रमन्त्रीको चिन भ्रमण बलियो खाका र एजेण्डासहितको हुन सक्ने आचार्यले विश्वास व्यक्त गरे ।

“सरकारले केही तयारी त गरेको होला । भ्रमण भ्रमणका लागि मात्रै त हुँदैन होला । गृहकार्य राम्रैसँग भएको होला ।” उनले भने ।

लामो समयदेखि चिनसँगको तातोपानी नाका खुल्न नसकेको भन्दै आचार्यले दुवै देशको कमजोरी भएको हुन सक्ने बताए ।

“परराष्ट्रमन्त्रीको चिन भ्रमणले नाका खुलाउन सफल होस् मेरो शुभकामना छ ।” आचार्यले भने ।

चिनको राष्ट्रपति नेपाल नआएको २२ वर्ष भइसकेको भन्दै उनले नेपालका प्रधानमन्त्री केपी ओली चिन भ्रमणमा गएपछि चिनका तर्फबाट पनि नेपाल भ्रमण हुन सक्ने आचार्यको अनुमान छ ।

परराष्ट्रमन्त्रीको चिन भ्रमणको क्रममा बेइजिङमा रहँदा चिनियाँ थिंक ट्यांकहरुको गोलमेच सम्मेलनलाई सम्बोधन गर्नुका साथै द्विपक्षीय वार्ता र छलफलपछि दुवै मुलुकका परराष्ट्रमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरिने कार्यक्रम छ । उनी वैशाख ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट