वैशाख ४, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले एकता संयोजन समितिको बैठकले पार्टी एकताबारे परिणाम दिने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले संयोजन समितिको बैठकले सहमति जुटाएर वैशाख नौ गते पार्टी एकता घोषणा गर्ने वातावरण बनाउने विश्वास व्यक्त गरे ।

नेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतलाई नै नौ गने एकता गरिने भनेर जानकारी दिएकाले सोही अनुसार गृहकार्य गर्नुपर्नेमा शर्माले जोड दिए ।

“जनतालाई ढाँट्नुहुन्न । वैशाख नौ गते नै एकता गर्नुपर्छ । नेताहरुप्रतिको विश्वसनियता गुम्दै गएको छ । अझै पनि विश्वसनियता गुम्ने काम गर्न हुँदैन ।” शर्माले भने ।

एकताका विषयमा ठूलो विवाद नभएको भन्दै शर्माले सहमति जुट्ने विश्वास गरे । सुर्य चिन्हका विषयमा पहिला नै सहमति भइसकेको भन्दै शर्माले अहिले विवाद गर्न नहुने बताए ।

त्यसैगरी नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विभिन्न समस्या देखाएर एकता प्रक्रियालाई ओझेलमा पार्न नहुने बताईन् । नौ गते दुई कम्युनिष्ट पार्टी एक हुन्छन् भनेर जनतामा उमङ्ग छाएको भन्दै जनताको चाहना मर्न दिन नहुनेमा शाक्यले जोड दिइन् ।

“दुई वटै दलका नेताहरुले समस्या देखाएर एकतालाई ओझेलमा पार्नुहुँदैन ।” शाक्यले भनिन् । दुई दललाई विश्वास गरेर जनताले दिएको मतको कदर गर्नुपर्ने उनको भनाई छ ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट