वैशाख ४, काठमाण्डौ । राजवँशी चलचित्र “दखल”को भिडियो गित सार्वजानिक गरिएको छ ।

राजवँशी चलचित्रकर्मी समाद समितिको आयोजनामा यहि मिति गत २ गते आईतवार राजवँशीहरुको मुल पर्व सिर्व तथा नयाँ बर्ष २०७५ को अवसरमा गित सार्वजनिक गरिएको हो ।

गितको शब्द दिपनारायण राजवंशी र संगित प्रवलदिप विश्वासको रहेको छ । त्यसैगरी गितका गायक मनिषा पोखरेल हुन् भने मोडल शुस्मा अधिकारी रहेकी छिन् ।

स्पार्क इन्टरटेनमेन्टले गित बजारमा ल्याएको हो ।

सार्वजनिक कार्यक्रममा राजवँशी साँस्कृतिक झलक ,राजवँशी फेशन शो, राजवँशी पारम्परिक परिकारहरुको प्रर्दशनी समेत गरिएको थियो ।

सोही अवसरमा राजवँशी कथानक चलचित्र ं“दुलारी” को पहिलो प्रर्दशन गरिएको िथयो । विरेन्द्र सभा गृह बिराटनगरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीको रुपमा बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीको उपस्थिती थियो ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट