सरिता राई, भोजपुर, ४ वैशाख । भोजपुर सदरमुकाममा सिसिटिभी जडान गरिने भएको छ । भोजपुर नगरपालिका मेयर कैलाश आलेको अध्यक्षतामा आज बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो ।

नगरपालिकाको शान्ती सुरक्षालाई चुस्तदुरुस्त राख्न जिल्ला प्रहरी कार्यलय माताहतमा कन्ट्रोल रुम रहने गरी सिसिटीभि जडान गरिने निर्णय गरिएको प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।

सिसिटिभी जडानको लागी भोजपुर नगरपालिकाले ८ लाख बजेड विनियोजन गरिसकेको छ । सिसिटिभी हस्पिटल गेट हुदैं डाडाँगाउँ, बैंकरोड, चारभन्जाङ्ग देउराली, पानीट्याङ्की र बरबोट क्षेत्रमा राखिने भएको हो ।

पछिल्लो समय सदरमुकाममा घट्दै गएको विकृति, विसङ्गती र चोरी क्रियाकलाप न्युनिकरण गर्न सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको समेत नगरपालिका मेयर कैलाश आलले बताउनुभयो ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट