वैशाख ६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते रारा तालबाट देशबासीको नाममा सम्बोधन गरे । सम्बोधनमा सरकारका नीति तथा कार्यक्रमका बारेमा जानकारी दिइएको थियो ।

नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सवमा सहभागी हुन मुगु पुगेका प्रधानमन्त्री ओलीले त्यहीँबाट देशवासीको नाममा सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा ओलीले मुलुकमा तीनै तहको निर्बाचन सफल रुपमा सम्पन्न भएकोले अब मुलुक आर्थिक उन्नतितर्फ लम्कने उद्घोष गरेका थिए ।

उक्त सम्बोधन केवल देशवासीका नाममा मात्र नभै एक चलचित्रका लागि सुटिङ गरिएको आरोप लागेको छ ।

देशको ढुकुटी खर्च गरेर चलचित्र रातो सूर्यको सुटिङका लागि ओली रारा ताल पुगेको आरोप लगाइएको हो ।

विहिबार प्रदेश चारको ससंद बैठकमा सासंद कुमार खड्काले देशबासीको नाममा सम्बोधन गरिएको हो वा चलचित्रको सुटिङ गरिएको जानकारी दिन माग गरेका छन् ।

सांसद खड्काले रारा तालबाट गरेको सम्बोधन र रारामा रातो सूर्य चलचित्रको छायांकनका लागि कार्यक्रम गरिएको खबर बाहिर आइरहेको भन्दै ओलीप्रति व्यंग्य गर्दै यथार्थ जानकारी दिन माग गरे ।

“प्रधानमन्त्रीज्यूले नयाँ वर्षमा राराबाट गर्नुभएको सम्बोधन राष्ट्रहित, राष्ट्रिय कर्तव्य, पूरा गर्न नभइ रातो सूर्य चलचित्रको लागि आवश्यक दृश्य संकलनको लागि गरिएको सुटिङ थियो भनेर समाचार सप्रेषण गरिएको छ ।” खड्काले भने ।

”“यसको सत्य तथ्य पत्ता लगाई राष्ट्रिय ढुकुटी दुरुपयोग भएको, नभएकोबारे राष्ट्रलाई जानकारी गराउन सभामुखमार्फत् आग्रह गर्दछु ।” खड्काले भने ।

उच्च सुरक्षा घेरामा रहेका प्रधानमन्त्रीले राराको डिलबाट सम्बोधन गरिरहँदा अत्यन्तै अस्वभाविक रुपमा रारा र प्रधानमन्त्रीको कुर्सीबीचबाट मानिसहरु हिँडिरहेको दृश्य फिल्मी भएको खड्काले आरोप लगाए ।

सासंद खड्काले राजेश हमाल र भुवन केसीभन्दा ठूलो सफल हिरो हुनुहोस् भनेर ओलीलाई व्यङ्ग्यात्मक शुभकामनासमेत व्यक्त गरे ।

प्रधानमन्त्री केपि ओलिको जीवनमा आधारित नेपाली चलचित्र रातो सुर्य बन्ने चर्चा धेरै अगाडि भएको थियो ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट