वैशाख २०, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले एमाले–माओवादी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले नमिलेको केही नभएको भन्दै केही समयपछि एकता घोषणा गरिने बताए ।

नेता शर्माले छिटोभन्दा छिटो एकता हुने दाबी गर्दै आन्तरिक काम र गृहकार्य पूरा भएको बताए ।

“आज दुई जना अध्यक्षको बैठक छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष बसेर कुरा टुङ्ग्याउनुहुन्छ । एकताको मिति आजै तोकिन्छ । वैशाख महिनाभित्रै एकता गर्ने मोडमा शीर्ष नेताहरु हुनुहुन्छ ।” शर्माले भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि नै एकता गर्ने प्रयास भइरहेको शर्माले बताए ।

अहिले सहमति नभएका विवादका विषयहरु छलफल गर्दै जाने र सहमति भएका कुराहरुका आधारमा एकता गरिने उनले बताए ।

शीर्ष नेताहरुको व्यवस्थापन वा कार्यविभाजन सम्मानजनक रुपमा गर्ने कुरा सहमति भइसकेको शर्माले बताए ।

केपी ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावनालाई अस्विकार गर्न नसकिने उनको भनाई छ । यस विषयमा मोटामोटी सहमति भइसकेको उनले बताए ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट