वैशाख २०, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने तयारी भइरहेको जनकपुरस्थित रंगभूमि मैदान बाह्र बिगहा पानीले भरिएको छ ।

बिहीबार बिहान भएको भारी वर्षाले बाह्र विग्हामा पानी जमेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बैशाख २८ गते जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । उनी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

बिहीबार बिहानको पानीले भरिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहलगायतका अधिकारीहरुले अनुगमन गरेका छन् ।

प्रदेश २ को सरकारले छ वटा समिति बनाएर मोदीको स्वागत तथा अभिनन्दन तयारी गरिरहेको छ ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट