अब शिवपुरीमा पनि केबलकार, यसरी गरिदैछ तयारी

काठमाडौं २४ बैशाख । चन्द्रागिरिपछि उपत्यकाको अर्को डाँडा शिवपुरीमा समेत केबलकार संचालन हुने भएको छ ।गोकर्ण क्षेत्रलाई आधार बनाएर शिवपुरी डाँडासम्म केबलकार संचालन हुने भएको हो । त्यसका लागि कम्पनी दर्ता गरेर प्रक्रिया अघि बढाइसकेको लगानीकर्ताले बताएका छन् ।शिवपुरीमा केबलकार बनाउन शिवपुरी केबलकार एन्ड इको टुरिज्म कम्पनी दर्ता गरिएको कम्पनीका अध्यक्ष इन्द्र लामाले बताए ।

केबलकार संचालनका लागि सम्भाब्यता अध्ययन समेत भइसकेको उनले बताए । कम्पनीमा एक सय ३२ जना प्रवद्र्धक रहेका छन् ।

केबलकारको आधार स्टेसन गोकर्णेश्वर नगरपालिका–५ स्थित थानेडाँडामा रहनेछ । अन्तिम स्टेसन भने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुन्ज बनभित्रको मुलाबारीमा पर्ने अध्यक्ष लामाले बताए । -नागरिक दैनिकबाट


Loading...
Loading...

धेरैले पढेको

Loading...