वैशाख २६, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै महतोले मोदीको भ्रमणका लागि आवश्यक तयारी भइरहेको भन्दै समस्या केही पनि नरहेका बताए ।

विगतमा विकासमा ध्यान नदिने तर अहिले मोदीको भ्रमणलाई लक्षित गरेर चाँही धमाधम विकास भइरहको बारे धमलाले प्रश्न गरेपछि महतोले पहिला पनि विकास भइरहेको छ तर मोदीको भ्रमणका लागि तत्काल गर्नुपर्ने कामहरु गरिएको बताए ।

मोदीको नागरिक अभिनन्दनका लागि नागरिककै सहभागि महत्वपूर्ण भएकाले सबैलाई उपस्थितीका लागि उर्दी जारी गरिएको महतोले बताए ।

“नागरिक अभिनन्दन भनेको नागरिककै उपस्थितमा हुनुपर्छ । त्यसैले नागरिकलाई जानकारी दिनुपर्छ । यो त दायित्व र धर्म हो ।” महतोले भने ।

मोदीको भ्रमणलाई लिएर जनताहरु निकै उत्सुक भएकाले व्यापक रुपमा सहभागिता हुने उनले दाबी गरे ।

“मोदीको नागरिक अभिनन्दनका लागि बाह्र विघा मैदान तयारी अवस्थामा छ । सबैलाई खुला गरिएको छ । प्रदेश नम्बर दुई र त्योभन्दा बाहिरका नागरिक पनि आउँछन् ।” उनले भने ।

प्रदेश नम्बर दुईमा मोदीले भ्रमण गर्दा उक्त प्रदेशको विकासमा टेवा पुग्ने उनले बताए । “उहाँ आएपछि विकासका केही योजना र प्याकेज घोषणा हुन्छ होला । मधेश र जनकपुरका लागि केही न केही त मोदीबाट घोषणा हुन्छ होला ।”

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट