हावाहुरीले भत्काएको स्वागतद्धार र मञ्च रातारात बनाउँछौं : मुख्यमन्त्री राउत

जनकपुर, २६ बैशाख । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले हावाहुरीले भत्काएको स्वागतद्धार तथा मञ्च आजै रातिसम्म बनाईसक्ने विश्वास दिलाएका छन् ।

रिपोर्टर्स क्लब नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । उनले भने,‘हावाहुरीको कारण भत्किएका सबै सजावटहरु पूरानै अवस्थामा फर्काउँछौं, प्रवेशद्धार र मञ्च नयाँ बनाउँछौं, रातदिन लगाएर हामी सबै काम सम्पन्न गर्छौं।’

मोदीको भ्रमणलाई जनकपुरमा उत्सवको रुपमा मनाउने काम भैरहेको पनि मुख्यमन्त्री राउतको भनाई छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल गए रातिको भीषण हावाहुरी र वर्षाले प्रभावित बनाएको थियो ।

हावाहुरीले विभिन्न स्थानमा बनाइएको स्वागतद्वारमा पनि क्षति पुर्याएको छ भने अभिनन्दन स्थल बाह्र बिघा मैदान जलमग्न भएको छ । जनकपुरधाम विमानस्थलदेखि जानकी मन्दिरसम्म बाटो पनि विभिन्न स्थानमा जलमग्न भएको छ । कालोपत्र गरिएका सडक र विद्यापति राममन्दिरसम्मको बाटोमासमेत ठाउँ–ठाउँमा पानी जमेको छ ।

बुधबार बिहान आएको हावाहुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन पछि हुन लागेको जनकपुर भ्रमणका लागि बनाइएको पण्डाल र स्वागत द्वार उडाएको छ ।

वर्षासँगै आएको हावाहुरीले मोदी स्वागतकालागि आयोजकले बनाएको स्वागत द्वार ढलेको हो । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ । हावाहुरी सडकको पण्डाल खसेपनि अभिनन्दन हुने स्थानमा खासै क्षति भने नभएको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णले यसअघि नै बताईसकेका छन् ।

हावाहुरी अभिनन्दन हुने रंगभूमी मैदानमा कुनै क्षति नभएको कर्णले बताए । हावा हुरीकोक्रममा पण्डाल निर्माणकालागि ल्याएएको समाग्री बचाउन खोज्दा केही मजदुर समान्य घाइते भएको उनले बताए । पछिल्लो दुई साता यता मोदीको स्वागतकालागि २४ घण्टा मजदुर परिचालन गरेर रंगभूमी मैदान सरसफाइ, रंगरोगन, पण्डाल निर्माण भइरहेको छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...