काठमाडौं, २९ बैशाख । नेपाल तरुण दललले प्रदेश नम्बर दुईको मिथिला क्षेत्र भारतमा गाभ्नुपर्छ भन्ने भारतीय सांसद कीर्ति आजादलाई कडा भन्दा कडा कार्बाहिको माग गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका समयमा भारतीय सांसद कीर्ति आजादले भिथिला क्षेत्र भारतको भएको दावि गर्दै हिजो आफ्ना प्रधानन्त्री नरेन्द्र मोदीलाई भारतमा गाभ्न आग्रह गरेका थिए । उक्त आपत्ति जनक अभिव्यक्तिको यस अघि काँग्रेसका उप सभासपति विमयन्द्र निधीले सामाजिक सञ्जाल टिवीटरमा खरो बिरोध जनाई सकेका छन् ।

नेपाल तरुण दलका महासचिव भुपेन्द्रजं शाहीले पनि आफ्नो सामाजिक सञ्जाल फेशबुकमा भारतीय सांसदलाई कारबाहीको माग गरेका छन् । ओली सरकारलाई महामन्त्री शाहीले लम्पसारवादीको संज्ञा समेत दिएका छन् ।

विज्ञप्ती

नेपालको पबित्र भूमी जनकपुर मिथिला क्षेत्रलाई भारतमा गाभ्नुपर्छ भन्ने भारतीय सासंद कीर्ति आजादलाई कडा भन्दा कडा कारबाहीको जोडदार माग गर्दछु । नेपालको राष्ट्रिय अखण्डता माथी बिदेशीहरुले धावा बोल्दासम्म पनि कुनै प्रतिक्रिया नजनाउने लम्पसारवादी ओली सरकारको थप मुकुण्डो उदाङगो भएको छ।

भुपेन्द्र जंग शाहि
महासचिव
नेपाल तरुण दल

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट