नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौँमा पार्टी एकता संयोजन समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल । तस्वीर : नवीन पौडेल, रासस

काठमाडौं, २ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता मिति घोषणा आजै हुने सम्भावना बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा यसबारेमा अहिले दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सबै मिडियालाई अहिले बोलाईएको छ । हिजो एमालेको भातृ संगठन युवा संघको २८ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले एकताको मिति घोषणा गर्ने आज बालुवाटारमा आउनको लागि मिडियालाई आग्रह गरेका थिए ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट