काठमाडौं, २ जेठ । बलिउडकी चर्चित नायिका मनिषा कोईरालाले आफ्नो स्वास्थ्य अहिले एकदम ठीक रहेको बताउँदै अब ‘क्वालिटि लाईफ’ र खुशीको जीवन जिउने चाहना रहेको सुनाएकी छिन् ।

हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम ‘धमलाको हमालामा’ पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका कोईरालाले यस्तो बताएकी हुन ।

फरक प्रसँगमाउनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका कुराहरु व्यबहारमा उर्तान नसेको गुनासो पोखेकी छिन् ।  प्रधानमन्त्री ओलीले जनताका समस्या समाधान गर्न सक्नुहुन्छ त भनेर पत्रकार धमलाले सोधेको प्रश्नको जवाफमा नायिका कोईरालाले भनिन्,‘ओलीज्युले हिजोका दिनहरुमा बोलेका कुराहरु व्यबहारमा लागू गर्नुपर्छ, जनताले उहाँलाई धेरै विश्वास गरेर मत दिएका हुन, त्यसैको आधारमा काम गर्नुपर्छ ।’

उनले अघि थपिन,‘नेपाली नेताहरुले गर्ने कार्यहरुले वा निर्णयहरुले देश र जनताको सिर उचो बनोस् म त्यो चाहन्छु, मैले दोस्रो जीवन पाएकी छु, म खुसिकासाथ बाँच्न चाहन्छु, मलाई राजनीति गर्नुछैन् ।’

नायिका कोईरालाले नेपाल र भारतबीचको सम्बन्ध समानता, पारम्पारिकताका आधारमा हुनुपर्ने समेत धारणा राखेकी छिन् । ‘अर्गानिक चलचित्र’ निर्माण गरेको खण्डमा नेपाली चलचित्रले विश्व बजारमा स्थान पाउने उनको विश्वास छ ।

उनले भनिन्‘चलचित्रको कुनै सिमा हुँदैन, राम्रो चलचित्रले विश्व बजारमा आफ्नो अस्तित्व राख्न सक्छ, अर्गानिक कथा, अर्गानिक सन्देश दिनेखालका चलचित्रहरुको निमार्ण गर्नु पहिलो कार्यभार नेपाली चलचित्रकर्मीको हो ।’

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट