जेठ ३, काठमाण्डौ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्झा भुसालले सबै प्रक्रिया पूरा गरेर ४ बजे पत्रकार सम्मेलनमार्फत एमाले र माओवादीबीच पार्टी एकता घोषणा गरिने बनाएकी छिन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भुसालले एकताका लागि सबै विषयमा सहमति भइसकेको उनले बताइन् ।

अहिले पार्टी एकता समितिको बैठक बसरिहेको भुसालले जनकारी दिइन् । बैठकले आवश्यक प्रक्रिया पूरा गरेपछि आजै दल खारेज गरेर नयाँ पार्टी गठन गरिने उनले बताइन् ।

“दुईवटै पार्टी विलय गरेर नयाँ पार्टी घोषणा गर्छौ ।” भुसालले भनिन् ।

माक्र्सवाद र लेलिनवादलाई मार्गदर्शक सिद्धान्त मानेर एकता गरिने उनले बताइन् । “बहुदलीय जनवादी, २१ औँ शताब्दीको जनवाद र माओवादलाई आन्तरिक बहसको विषय बनाएका छौँ । माक्र्सवाद र लेलिनवादलाई मार्गदर्शक सिद्धान्त बनाएर एकता गर्दैछौँ ।” उनले भनिन् ।

चार हजार केन्द्रिय सदस्य रहेको माओवादीबाट अब २ सय सदस्यले मात्रै केन्द्रिय सदस्यमा स्थान पाउनेछन् । एमालेबाट २ सय ४१ सदस्यले केन्द्रिय समितिमा स्थान पाउनेछन् ।

कसले कति संख्या पायो भन्ने कुरामा जानु आवश्यक नरहेको भुसालले बताईन् । पार्टी सबै सदस्यले केही न केही भूमिका पाउने उनले बताइन् ।

दुई वर्षभित्रमा महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिने उनले बताइन् । समझदारी र प्रतिस्पर्धाका आधारमा एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने उनको भनाई छ ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट