संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव

विराटनगर, ३ जेठ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भम्रणका क्रममा दुई नम्वर प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले राखेको अभिव्यक्ति देशभक्ति भएको बताएका छन् ।

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले आफ्नो प्रदेशमा भएको राजनीतिक विभेद, असमानता वस्तुस्थितिबारे भारतीय प्रधानमन्त्रीलाई जानकारी गराउनु स्वभाविक भएको उनको भनाइ थियो ।

यादवले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भम्रणका क्रममा केन्द्र सरकारको तर्फबाट भने उल्टै धेरै गल्ति कमजोरी भएको दावी गरे ।

उनले  केन्द्र सरकारले केन्द्रिकृत शासन प्रणाली लादेर संघीयतालाई धरापमा पार्ने खेल भइरहेको बताएका छन् । उनले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार गठन भएपनि संघीयतको मूल मर्मअनुसार अधिकार नदिएका कारण संघीयता घरापमा परेको उनको भनाइ छ । उनले भने,‘संघीयताले सिंहदरवारको अधिकार गाउँ(गाउँमा पुर्‍याउने हो, सिंहदरवारको अधिकार बालुवाटार सार्ने होइन ।’

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट