काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष प्रचण्डले आफूले अबको बाँकी जीवन समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि खर्चिने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार पार्टी एकता घोषणा सभालाई राष्ट्रियसभा गृहमा सम्बोधन गर्दै प्रचण्डले अब देशमा नयाँ युगको शुरु भएको पनि बताए । साथै आजबाट अराजकता, भ्रष्टाचार र विसंगीतको युग अन्त्य भएको उद्घोष गरेका छन् । प्रचण्डले भने, ‘मुलकमा आजबाट नयाँ युगको शुरु भएको छ । पार्टी एकताको एक मात्रै मिसन भनेका सुखी नेपाली र समृद्ध नेपाल रहेको छ ।’

उनले आफूहरुको उद्देश्य जनतालाई खुसी र राष्ट्रलाई सुदृद्ध बनाउने रहेको भन्दै भविष्यमा सामाजिक न्यायसहितको आर्थिक समद्धिद्वारा देशलाई समाजवादतर्फ लैजाने एकताको प्रमुख मकसद रहेको पनि प्रचण्डको दाबी छ ।

प्रचण्डले अस्थिरता र अराजकताको युग समाप्त भई आर्थिक समृद्धिको युग शुरुवात भएको बताए । गएको चुनाब ताका आफूले बाँकी जीवन सम्बृद्ध नेपाल र सुखी नेपाली बनाउन खर्चिने बताएको स्मरण गर्दै त्यो बाचा पूरा गर्ने प्रतिवद्धता जनाए ।

पार्टी एकता हुँदै गर्दा कसरी एकतालाई अभिव्यक्त गर्ने भन्नेमा शब्दको दुख भइरहेको बताउँदै प्रचण्डले विश्वलाई नै स्थिरता, विकास र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण र बहुआयामिक भएको बताए ।

उनले आम जनभावनाअनुसार एमाले र माओवादी एकजुट भएको पनि बताए । जननेता मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको स्मरण गर्दै उनकै स्मृति दिवसका दिन एकता घोषणा गरिएको पनि उनको भनाई थियो ।

विगतमा कपिपयले पार्टी एकताको विषयमा आशंका व्यक्त गरेको स्मरण गर्दै प्रचण्डले ती आशंकालाई अहिलेको अवस्थासम्म आइपुगेको पनि प्रचण्डले बताए ।

प्रचण्डले एकताका लागि पछाडि फर्किने पुल भत्काएर आएको पनि सो क्रममा बताए । उनले एकतामा साथ दिने आम कार्यकर्तालाई बधाई दिँदै आफूहरुको संकल्प पूरा भएको पनि बताए ।

प्रचण्डले हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेको उदाहरण दिदै एमाले र माओवादी मिलेर नेकपा बनेको बताउर्दै त्यहाँ एमाले र माओवादी नभई नेकपा मात्रै रहने बताए ।

सम्बोधनका क्रममा प्रचण्डले भावुक हुँदै भने, ‘फर्किएर हेर्दा जति बेला जनता र देशले दुःख पाउछ त्यति बेला गलत गरे जस्तो लाग्छ । तर जब आफ्नो भूमिकाले देशले गति लिन्छ त्यति बेला खुशी लागछ ।’

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट