काठमाडौं, जेठ ३ । नेपाल कम्यनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत पार्टीका बाँकी कामहरु आगामी तीन महिनाभित्रै सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएका छन् ।

उनले एमाले र माओवादी मिलेपछि अब आगामी चुनावमा कम्तीमा तीन चौथाई सिट जित्ने दाबी गरेका छन् । बिहीबार साँझ राष्ट्रिय सभागृहमा ओयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन । प्रधानमन्त्री समेत रहेको ओलीले केन्द्रमा करीब दुई तिहाई बहुमतसहितको शक्तिशाली सरकार रहेको र सात मध्ये ६ प्रदेशमा एकलौटी सरकार रहेको पनि बताए ।

सम्बोधनका क्रममा ओलीले भने, ‘सम्बोधनका क्रममा प्रचण्डजीको गला अवरुद्ध भयो । आज यदि कम्युनिष्टका संस्थापक नेता पुष्पलाल जिवित भएको भए मञ्चमा नाच्नु हुन्थ्यो । उहाँको बहुमतको कम्युनिष्ट सरकार र एउटा कम्युनिष्ट केन्द्र भएको देख्न चाहानुहुन्थ्यो ।’

साथै अध्यक्ष ओलीले आगामी तीन महिनाभित्र पार्टी एकताका बाँकी कामहरु टुंग्याउने बताए । जनबर्गीय संगठनलगायतका सम्पूर्ण कार्य सकिने उनले बताए ।

 

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट