चलचित्र ‘जय शम्भु’को पोष्टर सार्वजनिक

काठमाडौं, ०९ जेठ । दुई जना चर्चित भिलेन अनुप विक्रम शाही र प्रशान्त ताम्राकारको लिड रोल रहेको फिल्म ‘जय शम्भु’ को दुई पोष्टर सार्वजनिक भएको छ । भाद्र १ गतेलाई औपचारिक प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले प्रशान्त, अनुप र अभिनेत्री वर्षा सिवाकोटी फिचर पोष्टर सार्वजनिक गरेको हो ।

फिल्मले एक युवतीका लागि दुई पुरुष पात्रबीचको टकरावको कथा बोल्ने पोष्टरबाट अनुमान लगाउन सकिन्छ । काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको यो फिल्म एक्सन लभस्टोरी जानरामा निर्माण भएको प्रस्तुतकर्ता दिनेश शाहीले जानकारी दिए । रुपेश तामाङ निर्देशित ‘जय शम्भु’ मा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ ।

उक्त फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य छन् ।  दुई ह्याण्डसम भिलेनको पर्दामा आमने(सामने हुन लागेका कारण यो फिल्म घोषणाको बेलादेखि नै प्रतिक्षीत छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...