उपेन्द्र यादव नै हो अब मधेशबाट प्रधानमन्त्री : मनोज गजुरेल

चर्चित हाँस्यकलाकार मनोज गजुरेलले अब मधेशबाट प्रधानमन्त्री बन्ने नेता उपेन्द्र यादव नै भएको बताएका छन् । यादवले ७ वर्षपछि सत्तारोहण गरेको भोलिपल्ट कलाकार गजुरेलले यस्तो बताएका हुन् । यादव राष्ट्रवादी भावना बोकेका नेता भएको समेत गजुरेलेको तर्क छ । नेपाली रेडियो नेटवर्कबाट नियमति प्रशारण हुने कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै गजुरेलले यस्तो बताएका हुन् । गजुरेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

आज दरबार हत्याकाण्ड भएको दिन, यसलाई कसरी सम्झिनुहुन्छ ?

यो काण्ड मात्रै होईन, धरै काण्डहरु बाहिर आएका छैनन् । मदन भण्डारी काण्ड भन्नुहोस् । स्थिर सरकार आएको छ । कसैको दबाबमा सरकार छै्न भनिदैँछ । कि त यी दुई काण्डको बारेमा सत्यतथ्य बाहिर आउनुपर्यो होईन भने यसैलाई आधार बनाएर राजनीति गर्ने सत्तामा पुग्ने काम बन्द गर्नुपर्यो ।

दरबार हत्याकाण्ड नै राजतन्त्र अन्त्यको सूरुवात भएको थियो नि ?

त्यो त थाहा भएन । तर, वास्तवमा जनताले के भन्छन भने यदि नेपालको राजाले जनताको भावना बुझेको भए विकास निर्माण गरेको भए थाईल्याण्ड, जापान लगायतका देशहरुमा अहिले भएको राजाजस्तै संस्था रहिरहनेथियो भन्ने जनताहरु चाँही छन् ।
विकास गरेको भए राजालाई अरु राजनीतिक दलहरुमा जनता आबद्ध हुने थिएनन् । दरबार हत्याकाण्ड हुनुपूर्व र पछि पनि जनताको पक्षमा काम गरेको भए त्यसो हुँदैन थियो कि भन्नु स्वभाविक छ ।

स्व.राजा वीरेन्द्रलाई प्रजातान्त्रिक राजा भन्ने गरिन्थ्यो नि ?

निश्चित रुपमा उहाँ प्रिय राजा हुनुहुन्थ्यो भनेर सुनिन्थ्यो । हामी सानै थियौं । मैले स्वयम् पनि अनुभूति गरेको कुरा वीरेन्द्र राजा ‘कुल’ शान्त नै हुन भन्ने हो । वीरेन्द्रको आवाजको आरोह–अवरोह फरक छ । ज्ञानेन्द्रको फरक छ ।

तपाई त ज्ञानेन्द्र शाहको क्यारिकेचर खुब गर्नुहुन्छ नि ?

हो । मैले गर्ने क्यारिकेचरहरुमा राम्रो मध्येको त्योपनि एक हो । एउटा घट्ना छ । पोखरामा हो । म पूर्वराजा ज्ञानेन्द्रको नक्कलमा जनताको बीच भागबाट कार्यक्रम स्थलतर्फ जाँदै थिएँ । त्यहाँका दर्शक र प्रहरीहरुले साँच्चै ज्ञानेन्द्र आएकोजस्तो गरेर सुरक्षा दिएका थिए । अनि अमेरिकामा कार्यक्रममा जाँदा दर्शकको बीचमा नमस्कार भन्दै स्टेजमा उक्लिँदैै थिएँ । एउटा दर्शकले मलाई धम्कि दिँदै यहीँ मारिदिउँ भनेर कानमा भन्यो । म अभिनय गर्नको लागि स्टेजमा जाँदै गर्दा त्यस्तो हुँदा अलि–अलि डराएँ पनि । हँसाउन स्टेजमा जाँदै गर्दा त्यसरी गालि गर्दा म कसरी हँसाउन सक्ने भन्नुस् न । पछि बुझ्दै जाँदा राजाकै पक्षका मानिस हुन भन्ने बुझियो ।

नेपालमा राजसंस्था ईतिहास भयो नि, होईन त ?

भयो । नियम, कानून, संविधानमा कतै छैन् । विश्वले गणतान्त्रिक नेपाल भनेर चिनिसक्यो । ईतिहास कहिले पछि फर्किँदैन । हाम्रो देशमा वामहरुको सरकार बनेको छ । मैले प्रचण्डलाई भनेको छु । तपाईहरु मिल्नु भएको छ । जनताले बहुमत दिएका छन् । कार्यकर्ताले पार्टी एकताको लागि साथ दिएका छन् । अब जनताले भनेको अनुसार काम गरेर देखाउनुहोस् ।

उपेन्द्र यादव सात वर्षपछि सरकारमा पुग्नुभयो, के छ सम्बन्ध ?

बहुत राम्रो छ । आज भन्दा ८ वर्ष पहिले मैले नै लुम्बिनीमा नेपालका भावी प्रधानमन्त्री भनेर सम्बोधन गरेको थिएँ । जनता हाँसेका थिए । कुनै क्षेत्रको, कुनै जातको होईन सिँगो देशको नेतृत्व लिनुपर्छ भनेको थिएँ । मुलुकको भविष्य र राष्ट्रियताको चिन्ता गर्नेमा उहाँ उभिनुभयो । मधेशबाट प्रधानमन्त्री बन्ने उहाँ नै हो ।

ओली र प्रचण्डमध्ये कुन नेता तपाईलाई बढि मन पर्छ ?

मलाई दुवै नेता मन पर्छ । तपाई यसरी नै फसाउनुहुन्छ । कुरा ०५६ सालको हो । म झापामा थिएँ । म भोलिपल्ट काठमाडौं आएँ । रिपोर्टर्स क्लबमा पुग्दा कार्यक्रम सकिँदै रहेछ । म पुगें । लौ मनोज पुग्नुभयो । पत्रकारलाई रोक्नुभयो । तपाईको पारा त्यही त हो नि । विषयका बारेमा जानकारी थिएन, गिरिजाकी प्रचण्ड भन्नुभयो । क्यारिकेचर गर्न गिरिजा भन्दा प्रचण्ड ठीक भनेर प्रचण्डको सजिलो भनेको त भोलिपल्ट मिडियामा गिरिजाभन्दा प्रचण्ड ठीक भनेर आयो । यसरी फसाउने काम गर्नुहुँदैन । अहिलेको स्थितिमा ओली र प्रचण्ड दुवै नेताले देश र जनताको काम गर्नुपर्छ । विकास गर्नुपर्छ ।

तपाई चाहीँ आजकाल के गरिरहनु भएको छ ?

पछिल्लो समय चलचित्रमा अभिनय गरेको छु । भ्रष्टाचारको विपक्षमा, सदाचारको पक्षमा मेरो भूमिका रहेको छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...