ओलीसँग झुक्दिन्, बरु राजिनामा दिन्छु : मन्त्री पण्डित (भिडियोसहित)

काठमाडौं, २२ जेठ । समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नियमको पालना नगर्ने कर्मचारीलाई जेल हाल्नेसम्मको कारबाही गर्न सरकार बाध्य हुने चेतावनी दिएका छन् ।

हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै मन्त्री पण्डितले पछिल्लो समय कर्मचारीहरुले प्रधानमन्त्री केपी ओलीलाई फोन गरेर आफूलाई दबाब दिने प्रयास गरेकोसमेत खुलासा गरेका छन् ।

प्रधानमन्त्रीबाटै दबाब आए पनि आफू पछि नहट्ने बताउँदै पण्डितले भने,“प्रधानमन्त्रीलाई फोन गरेर दबाब दिएका छन् । बरु राजिनामा दिन्छु सम्झौता गर्दिन ।”

कर्मचारीलाई नियमअनुसार काम लगाउने कुरामा कसैसँग सम्झौता नगर्ने पण्डितको अडान छ । “भ्रष्ट र घुसखोरी कर्मचारीलाई जेल हाल्छु । देश र जनताको पक्षमा काम गर्दा कसले रोक्दोरहेछ हेरौँला ।” मन्त्री पण्डितले भने ।


Loading...
Loading...

धेरैले पढेको

Loading...