सार्क विश्वविश्द्यालयको दीक्षान्त समारोहमा मन्त्री पोखरेल सहभागी

काठमाडौँ, २४ जेठ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नयाँ दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनुभएको छ ।

सो अवसरमा उहाँले विश्वविद्यालयबाट विद्यावारिधि, एमफिल तथा स्नातकोत्तर तह सफलतापूर्वक सम्पन्न गर्ने नेपाल, भारतलगायत अन्य सार्क मुलुकका विद्यार्थीहरुलाई आज प्रमाणपत्र वितरण गर्नुभयो ।

सन् २०१० देखि सञ्चालनमा आएको उक्त विश्वविद्यालयको हाल नेपाल अध्यक्षसमेत रहेको छ ।

आजै मन्त्री पोखरेलले भारतको गुडगावँस्थित मेदान्त अस्पताल गई त्यहाँ उपचाररत राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेट्नुभएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

सो क्रममा उहाँले राष्ट्रकवि घिमिरेको उपचारमा संलग्न चिकित्सकहरुसँग उहाँको स्वास्थ्यस्थितिका बारेमा जानकारी पनि लिनुभएको थियो ।

(रासस)


Loading...
Loading...

धेरैले पढेको

Loading...