अर्थमन्त्रीसामू उद्योग-व्यवसायीहरुको यस्तो गुनासो

काठमाडौं, २४ जेठ । उद्योगी–व्यवसायीहरुले बजेटमा औद्योगिक प्रवद्र्धनका लागि पर्याप्त बजेट विनियोजन नभएको गुनासो गरेका छन् ।

नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार राजधानीमा गरेको बजेटपछिको छलफलकाक्रममा उक्त गुनासो गरिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले कुनै पनि क्षेत्रमा धेरै करको बोझ नथपेको दावी गरे। उनले भने,‘अर्थमन्त्री भइसकेका कोही कोहीले आयकर ५० प्रतिशत पुर्यापयो भनेछन्,  ‘इफेक्टिभ करको दर जम्मा १ प्रतिशत चलाइएको छ, संस्थागत आयकरमा कुनै परिवर्तन भएको छैन।’

बजेटमा लगानीकर्ताको मनोबल बढाउने ठोस योजना आउन नसकेको पनि उद्योगी–व्यवसायीको गुनासो रह्यो ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले बजेटमा लगानीकर्ताको मनोबल बढाउने कार्यक्रम र स्रोतको अभाव देखिएको उल्लेख गरे ।

सहभागी उद्यमी–व्यवसायीहरुले सरकार आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्ने वातावरण निर्माणमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे


Loading...
Loading...

धेरैले पढेको

Loading...