केपी ओलीलाई चित्रबहादुर केसीको झटारो-‘साहुको ऋण काढेर घिउ’

जेठ २७, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले भाषण गर्दैमा संघीयता कार्यान्वयन नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले पञ्चायतकालमा राजाले पनि भाषण गरेको तर पञ्चायती व्यवस्था धेरै समय नटिकेको उदाहरण दिएका छन् ।

“भाषण गर्दैमा प्रणाली सफल हुन्छ भन्ने त होइन नि । नेपाली जनताले देखिरहेका छन् ।” केसीले भने ।

प्रदेश सरकार संचालनका लागि विदेशीले सहयोग नगरे अरु कुनै उपाय नभएको भन्दै केसीले जसले सहयोग दिन्छ उसैले आफ्नो स्वार्थ पूर्ति गर्ने बताए ।

“साहुको ऋण काढेर घिउ आएर मुलुक तर लाउन्न । ऋण गरेर घिउ पिउने अनि त्यही घिउले छेरौटे लाग्छ । अनि देशको राष्ट्रियतामाथि समेत धावा बोल्छन् ।” केसीले कटाक्ष गरे ।

दाताको सहयोगले मुलुकको विकास नहुने भन्दै केसीले विदेशीको भरमा संघीयता सफल नहुने दाबी गरे ।


Loading...
Loading...

धेरैले पढेको

Loading...