फरार अभियक्त १४ महिना पछि पक्राउ

विश्वनाथ सिम्खाडाः कालिकोट, २७ जेठ । जिल्ला कारागार कालिकोटबाट १४ महिना अघि फरार भएका एकजना अभियुक्तलाई प्रहरीले पुनःपक्राउ गरेको छ ।

कालिकोट जिल्ला प्रहरी कार्यालयले विभिन्न २ मुद्दामा फरार रहेका बलबहादुर शाहीलाई बाँकेको कोहलपुर नगरपालिका वडा नं १४ हवल्दारपुरबाट पक्राउगरि आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

शाहीले २०६७ सालफागुन २ गते राजु धितालको अपहरण गरि हत्या गरेको अभियोगमा बाँके जिल्ला अदालतले कर्तव्य ज्यान मुद्धामा सर्वस्व सहित २० वर्ष कैद र अपहरण तथा शरिर बन्दक मुद्दामा १५ वर्ष कैद र २ लाख जरिवाना ठहरभई कारागार कार्यालय कालिकोटको बन्दी गृहमा कैदीको रुपमा बन्दि जीवन बिताई रहेका महावै गाउँपालिका वडा नं ३ डिल्लीकोटका शाही २०७३ चैत ११ गते विहान मान्म बजार आएको समयमा भागेका थिए ।

कैदी भगाउने प्रहरीलाई कालिकोट जिल्ला कारागार भित्र थुनुवाका रूपमा राखिएको छ । उनीहरूलाई कारागार ऐन २०१९ अन्तर्गत कारबाही भइरहेको छ । उनीहरूले शाहीलाई कारागार लैजानुको सट्टा मान्म बजारबाट भगाएको बुझिएको छ । भारतको विभिन्न ठाउँमा बस्दै आएका शाहीले नेपालमा जग्गा दलाली गर्दै आइरहेको बुझिएको छ ।

४ दिन अघिमात्र कोहलपुर पुगेका शाहीको खोजिका लागि २० दिन पहिले नै जिल्ला प्रहरी कार्यालय कालिकोट र बाँके प्रहरी कार्यालयको सहयोगमा पक्राउ गरि हिजो बेलुका कालिकोट जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो ।

कारागार ऐन २०१९ को दफा २४ को ‘घ ’३ अनुसार थुनिएका कैदी भागे पछि बाँकी कैदको थप समय बढाई सजाय हुने व्यवस्था रहेकाले शाहीलाई पनि सोही अनुरुप सजाय हुने जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...