सलमान खानको हत्या योजनाको खुलासा,आरोपि पक्राउ

काठमाडौं, २७ जेठ । भारतिय अभिनेता सलमान खानको हत्यागर्ने योजनाको रहस्य पर्दाफास भएको छ । प्रहरीसंगको सोधपुछमा बिश्नोई समुहका शार्प शूटर संपत नेहराले यो योजनाको रहस्य प्रष्ट पारेका हुन ।

हरियाणाको बिशेष कार्यबल (एसटिएफ)ले मोस्ट वाँन्टेड गैंगस्टर संपत नेहरालाई बुधवार हैदराबादबाट गिरफ्तार गरेको छ। प्रहरी स्रोतका अनुसार २८ बर्ष उमेरका संपतले बलिउड नाएक सलमान खानलाई मार्ने योजना बनाएका थिए ।

प्रहरिका अनुसार संपतले सलमानको गतिबिधिमाथि निगरानि गरिरहेका थिए । मार्ने योजनाकासाथ मुमंई गएर सलमानका साथै उनका अंगरक्षकको बारेमा पनि जानकारि लिइसकेका थिए ।

नेहराले बताए अनुसार उनले दोश्र्रो मुलुकदेखी ‘हावाला’को माध्यमबाट पैसा पाउन्थे जस्को लागी जेलमा सजाए भोगीरहेका बिस्नोई समुहका लाँरेन्सले उनलाई पाँच विदेशी नम्वर दिएका थिए । तिनै विदेशी नम्वरको माध्यमबाट ‘हावाला’नेटर्वकमा पैसा मगाउन्थे ।

हरियाणा कार्यबलका डिआईजि सतीश बालनले बताएअनुसार नेहरालाई शारिरिक तन्दुरुस्तीमा बिशेस रुचि थियो तेसैले उनि सधै जिम जाने गर्दथे । हैदराबादमा उनको कोठामा संगै बस्ने तेलङगानाका युवकका अनुसार संपत धेरैकम बोल्ने तथा बढिजस्तो समय फोनमा ब्यस्त रहने गर्थे ।

नेहरा सामाजिक संजालमा पनि धेरै समय बिताउने गर्थे । नेहराका बुवा हरियाणा प्रहरिका एएसआई पदबाट सेनानिवृत भैसकेका छन । उनका कान्छा भाई भारतिय सेनामा छनभने बहिनीको बिवाह भैसकेको छ । डिआइजिले बताए अनुसार केहिसमययता उनको परिवारसंग कुनै संम्बन्ध रहेको छैन ।

संपत नेहराले लाँरेन्स बिश्नोई समुहको लागी कामगरिरेका थिए जस्ले यसैबर्षको जनवरिमा सलमान खानलाई कालो हरिण सम्वन्धी मुद्धामा ज्यानमार्ने धम्की दिईसकेका थिए ।

लाँरेस बिश्नोई समुह हरियाणाको एक खतरानाक अपराधिक समुहमा पर्छ । समुहको सामाजिक संजाल फेसबुक र ह्वाट्सअपमा पनि धेरै सक्रिएता रहेको छ । नेहरामाथि हत्यार, अपहरण र फिरौती असुली जस्ता दर्जनौ मुद्धाहरु चलिरहेका छन् ।


Loading...
Loading...

धेरैले पढेको

Loading...