रोनाल्डोले मड्रिड छाडे बार्सिलोनाका राकिटिक खुशी !

काठमाडौं, २९ जेठ । बार्सिलोनाका स्टार मिड फिल्डर इभान राकिटिकले क्रिस्टियानो रोनाल्डोले मड्रिड छाडे आफू खुशी हुने बताएका छन् । क्रोयसियाका राकिटिकले मार्कासँगको कुराकानीमा रोनाल्डोले मड्रिड छाडे आफू खुशी हुने बताएका हुन् ।

२ हप्ताअघि लिभरपुलविरुद्धको च्याम्पियन्स लिग फाइनलपछि रोनाल्डोले संचारकर्मीसँग कुरागर्दै एक खेलाडी रहनु या नरहनुले रियल मड्रिड जस्तो स्टार क्लवलाई केहि फरक नपर्ने बताएका थिए । उनको त्यस अभिव्यक्तिले उनी मड्रिड छाड्ने मनसायमा पुगेको बुझिएको थियो ।

त्यसो त रोनाल्डोमाथि लागेको कर छली प्रकरणमा क्लवले त्यसबाट छुट्करा पाउन कुनै सहयोग नगरेको प्रति उनी निराशनै थिए । यस्तै क्लवले नयाँ कन्ट्राक्टमा आफूले भने बमोजिम मड्रिडले तलब नदिने भएपछि उनले क्लव छाड्ने अनुमान लगाइएको छ ।

त्यसमाथि प्रशिक्षक जिनेदिन जिदानले पनि क्लवबाट राजिनामा दिएको अवस्थामा उनी विकल्पको खोजीमा रहेको बुझिएको छ । यस अवस्थामा बार्साका मिडिफिल्डर राकिटिकले क्लव छाडेर जानु या नजानु रोनाल्डोको स्वतन्त्रताको विषय भएकाले आफू उनको निर्णयले खुशी हुने बताएका हुन् ।

राकिटिकले भने “रोनाल्डोले क्लव छाड्छन् भन्ने मलाई विश्वासनै छैन् । यदी उनी क्लव छाड्न चाहान्छन् भने हामीले उनको नयाँ कदमका लागि खुशी भएर बधाई दिनुपर्छ ।”  एजेन्सी


Loading...
Loading...

धेरैले पढेको

Loading...