मेस्सीको जन्मदिन जुन २४ : विश्वकप खेल्दै मनाउने

काठमाडौं, २९ जेठ । अहिलेको समयमा विश्वका सर्वोत्कृष्ट फुटबलर मानिने अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले विश्वकप खेल्दै गर्दा आफ्नो जन्मदिन मनाउनेछन् । २४ जून १९८७ मा जन्मिएका मेस्सी विश्वकप चलिरहँदा ३१ वर्ष पुग्नेछन् ।

यस वर्षको जन्मदिन मेस्सीले मैदानमा खेल्दै गर्दा मनाउनु भने पर्ने छैन । मेस्सीको जन्मदिनको दिन वा त्यो दिनअघि एक दिन अघिपछि भने मेस्सीको कुनै खेल परेको छैन । मेस्सीको टिम अर्जेन्टिनाले समूह चरणको पहिलो खेल यही शनिबार जून १६ तारिखका दिन आइसल्याण्डसँग खेल्दैछ ।

मेस्सीको जन्मदिनको ठिक ३ दिनअघि अर्जेन्टिनाको समूह चरणको दोस्रो खेल छ । अर्जेन्टिनाले जून २३ तारिख बिहीबारका दिन समूह चरणको दोस्रो खेल क्रोएसियाविरुद्ध खेल्नेछ ।

यसको तीन दिनपछि जून २४ तारिख आइतबारका दिन मेस्सीले आफ्नो जन्मदिन मनाउनेछन् । जन्मदिन मनाएको पर्सीपल्ट उनी समूह चरणको तेस्रो खेल खेल्न मैदानमा उत्रिनेछन् । जून २६ तारिख मंगलबारका दिन अर्जेन्टिनाको समूह चरणको अन्तिम खेल नाइजेरियाविरुद्ध छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...