अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध सुमधुर हुनु स्वागतयोग्य(भिडियो)

जेठ ३०, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चार बुँदे ’बृहत’ सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मंगलबार सिंगापुरमा भएको वार्तापछि कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउनुका साथै अमेरिका र कोरियाबीच नयाँ सम्बन्ध स्थापित गर्न दुई नेताले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाले आणविक हतियार र युद्धको विपक्षमा रहेको नेपालका लागि अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध सुमधुर हुनु स्वागतयोग्य भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै बास्कोटाले १९५० देखि कोरियाली प्रायद्धिपमा हुँदै आएको तनावयुक्त सम्बन्धको अन्त्य हुने विश्वास व्यक्त गरे ।

भेटवार्ताको क्रममा सुरक्षा प्रदान गर्न सिंगापुरमा कार्यरत गोर्खा सैनिकलाई खटाइनु राम्रो पक्ष भएको बास्कोटाले बताए । तर कतिपयले भाडाका सैनिकका रुपमा व्याख्या गरेको भन्दै बास्कोटाले आपत्ति जनाए ।


Loading...
Loading...

धेरैले पढेको

Loading...