किशोर बोगटीले ६ विकेट लिएपछि एन्जल्सको जित

काठमाण्डौ । कागेश्वरी मनोहरा यू–१६ सान क्रिकेट टी–२० कपको लिग खेलमा सान नीलो पराजित भएको छ । मंगलबार भएको खेलमा सानविरुद्ध एन्जल्सले १० विकेटको जित हात पारेको हो ।

टस हारेर ब्याटिङ गरेको सान नीलो १४.३ ओभरमा ३५ रनमै समेटियो । कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । एन्जल्सका किशोर बोगटीले ४ ओभरमा ६ रन दिंदै ६ विकेट लिए । उनी म्यान अफ द म्याच घोषित भए ।

३६ रनको लक्ष्य एन्जल्सले कुनै विकेट नगुमाई भेटायो । रितिक थापा मगरको १४ बलमा २२ र विनय घर्तीमगरको १७ बलमा ८ रन बनाएर पाँचौं ओभरमा लक्ष्य पूरा गर्‍यो । त्यस्तै ओसिस क्रिकेट एकेडेमीले पाँच पोखरी क्रिकेट एकेडेमीलाई १ सय ६ रनले हरायो । टस जितेको ओसिसले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ३८ रन जोडेको थियो ।

आशिष भट्टराईले ५० बल खेल्दै नट आउटमा ५९ रन जोडे । दिपेश अधिकारीले २५ बलमा नटआउट ३१ रन जोडे । सचिन शर्मा २४ र अनुप नेपाल १० रन जोड्न सफल भए । पाँच पोखरीका शिशिर भुजेल र सार्थक धितालले १–१ विकेट लिए ।

जवाफमा पाँचपोखरीले ११.२ ओभरमा अलआउट हुंदै ३२ रनम समेटियो । अनमोल खड्काले २९ बल खेल्दै १६ रन जोड्नुबाहेक कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

ओसिसका अनुप नेपाल र सचिन शर्मा, आरोग्य भट्टराईले २–२ विकेट, लिए । खेलको म्यान अफ द म्याच आशिष भट्टराई भए ।


Loading...
Loading...

धेरैले पढेको

Loading...