यसपटकको चीन भ्रमण १० बुँदे सम्झौता कार्यान्वयनका लागि : बास्कोटा (भिडियो)

जेठ ३०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि असार ५ गते चीन जाँदैछन् । बिगतको सम्झौता कार्यान्वयनमा जोड दिँदै उर्जा उत्पादन तथा व्यापारमा नयाँ लगानी भित्र्याउने गरि प्रधानमन्त्रीको चीन भ्रमणको तयारी अघि बढाईएको छ ।

सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला विगतमा भएका सम्झौता कार्यान्वयनलाई जोड दिइने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै बास्कोटाले पहिलो पटक ओली प्रधानमन्त्री हूँदा ब्रेक थ्रु भएको सम्बन्धलाई थप अगाडि बढाउन अहिलेको भ्रमण सहयोगि हुने विश्वास व्यक्त गरे ।

“अघिल्लो पटक ओली प्रधानमन्त्री भएर चीन भ्रमणमा जाँदा १० बुँदे सम्झौता गरिएको थियो । त्यो सम्झौतामा भएका विषयवस्तुहरुले यो भ्रमणमा प्राथमिकता पाउँछन् । भूपरिवेष्ठित मुलुकले पाउने लाभका विषयलाई कार्यान्वयनमा लैजान्छाँै ।” बास्कोटाले भने ।

दुई बर्षअघि ओली चीन जाँदा यातायात तथा पारवहन सम्झौता भएको थियो । त्यसको कार्यान्वयनका लागि बनेको प्रोटोकललाइ अन्तिम रूप दिने, आवश्यक संयन्त्र निर्माण गर्ने र चिनिया लगानी भित्र्याउने सम्झौता यसपाली गरिने बास्कोटाले बताए ।


Loading...
Loading...

धेरैले पढेको

Loading...