विश्वकप फुटबल सुरु हुन एक दिन बाँकी, ३२ टोली रुस पुग्दै

काठमाडौं, ३० जेठ  । विश्वकप फुटबल सुरु हुन अब एक दिन मात्रै बाँकी छ । रुसमा भोली (बिहीबार) साँझ सुरु हुने विश्वकपका लागि सहभागि सबै ३२ टोली अहिले रुसका विभिन्न शहर पुग्दैछन् ।

राजधानी मस्कोमा भव्य उद्घाटन समारोहपछि भोलि आयोजक रुस र एसियाली मुलुक साउदी अरबीयाबीच पहिलो खेल हुनेछ ।

त्यसपछि विभिन्न १० शहरमा एक महिनासम्म चल्ने विश्वकप फुटबलमा कुल ६४ खेल हुनेछन् । यसैबीच विश्वकप फुटबलका लागि इङ्लिस टोली हिजो(मंगलबार) रुस पुगेको छ । रुसको सेन्ट पिटर्सवर्ग विमानस्थलमा ओर्लिएको इङ्लिस टोली नजिकैको रेपिनो गाँउमा बस्नेछ ।

इङ्ल्यान्डले समुह चरणका खेलहरु कालिनिन्ग्रादमा खेल्नेछ । इङ्ल्यान्डको पहिलो खेल आगामी सोमवार ट्युनिसिया विरुद्ध हुनेछ ।

यसैगरी इङ्ल्यान्डले समूह चरणमा पानामा र बेल्जियमसँग पनि खेल्नेछ । विश्वकप अघि खेलेका मैत्रिपूर्ण अभ्यास खेलहरुमा इङ्ल्यान्डले कोष्टा रिका र नाईजेरियालाई पराजित गरेको थियो ।


Loading...
Loading...

धेरैले पढेको

Loading...