मेस्सिको खेलमा दर्शकको नाराबाजी

काठमाडौं, ३० जेठ । विश्वकपका लागि अर्जेन्टेनी टिम रसियामा पुगीसकेको छ । सोमबारको अभ्यास खेल अर्जेन्टिनाको लागि सम्झन लायक बन्यो ।

बोनित्सीको अस्थाई मैदानमा भएको अभ्यास खेलमा अर्जेन्टेनी टिमका कप्तान लियोनल मेस्सिलाई हेर्नका लागि सयौं शुभेच्छकहरु खेल मैदानमा पुगेका थिए ।

टिमले मंगलबार एक घण्टाको अभ्यास खेल खेलेको थियो । खेल मैदान बाहिर रहेका दर्शकले बार्सिलोनाका स्टार लियोनल मेस्सिको पक्षमा नाराबाजि समेत गरेका थिए ।

धेरै दिनदेखीको चिसोपछि मंगलबारको पारिलो घाममा रसियाको दक्षिण पूर्वस्थित अस्थाई मैदानमा उनीहरुले मेसिको अभ्यास कला हेर्ने मौका पाएका थिए ।

विश्वकपको मुखैमा मुख्य गोलरक्षक सर्जिष्यो रोमेरोलाई गुमाएको अर्जेन्टिनाले अर्को खेलाडी वेस्टह्यामका मिडफिल्डर म्यानुअल लान्जिनीलाई गुमाउनुको पीडा कम कष्टप्रद छैन् ।

उनको स्थानमा एन्जो पेरेजलाई ल्याईएको छ । हिजो भएको अभ्यास खेलहेर्न अर्जेन्टिनाका राजदुत अर्नेस्टोपनि खेल मैदान पुगेका थिए ।

अभ्यास सत्रमा पुगेका दर्शकले मेस्सिको मुकुट, बार्सिलोना र अर्जेन्टिनाको झण्डा समेत देखाएका थिए ।  अभ्यासको खेल सकिनासाथ केही समय दर्शकसंग बिताएका मेस्सिले आफ्नो अटोग्र्राफ पनि दिएका थिए ।


Loading...
Loading...

धेरैले पढेको

Loading...