महिनामा एक अर्बको विद्युत चोरी

काठमाडौं ३१ जेठ । चालु आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको छ ।

यस हिसाबले एक महिना अवधिमा एक अर्ब रुपैयाँको विद्युत चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरणको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको १० महिना मै एक अर्ब एक करोड युनिट बिजुली चोरी भएको प्राधिरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

यसैबीच बिजुली चोरी नियन्त्रण गर्न गृह मन्त्रालयले प्राधिकरणलाई सघाउने भएको छ । –नागरिक दैनिकबाट


Loading...
Loading...

धेरैले पढेको

Loading...