हामी सासंदहरुलाई कसैको भात खाएर काम गर्नुपर्दैन : शर्मा

जेठ ३१, काठमाण्डौ । सासंदहरुलाई तालिम दिनका लागि विदेशी सहयोग लिने गरिएको भन्दै आलोचना र चर्चा चुलिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका दिनानाथ शर्माले आफ्नै स्रोत साधनबाट तालिम लिन सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

संघीय र प्रदेश सांसदलाई तालिम दिन राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले ५ वर्षमा ६० करोड रुपैयाँ खर्च गर्ने भएपछि यो विषय बहसमा आएको हो ।

युएनडीपीले ‘पार्लियामेन्ट सपोर्ट प्रोजेक्ट’ अन्तर्गत सन् २०२२ डिसेम्बरसम्म खर्चने गरी संघीय संसद सचिवालयसँग वैशाख १० मा सम्झौता गरेको हो ।

तर शर्माले नेपालका सासंदलाई विदेशीको भात खानु नपर्ने बताएका छन् ।

“सामान्य प्रशिक्षणका लागि सासंदलाई कसैको सहयोगको जरुरी छैन । हिजोका परम्परालाई बन्द गर्नुपर्छ । हामी सासंदहरुलाई कसैको भात खाएर काम गर्नुपर्दैन । तलिम लिनुपर्दैन । हामीलाई सरकारले नै सेवा सुविधा दिएको छ ।” शर्माले भने ।


Loading...
Loading...

धेरैले पढेको

Loading...