Logo

माधव नेपालले गरे आफूनिकट युवा संघको कार्यालयको उद्घाटन, पार्टीको लागि नयाँ घर खोज्न निर्देशन



काठामाडौं, १८ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो समूहनिकट युवा संघ कार्यालयको औपचारिक उद्घाटन गरेका छन् । बुधबार बबरमहलमा आयोजित विशेष कार्यक्रमबीच वरिष्ठ नेता नेपालले कार्यालय भवनको औपचारिक रूपमा उद्घाटन गरेका हुन् ।

देशमा विकसित राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ भन्दै नेता नेपालले युवाहरू संगठित हुनुपर्ने बताएका छन् । त्यस्तै, उनले आफ्नो समूहको लागि पार्टी कार्यालय राख्नको लागि भव्य घर खोज्नपनि युवाहरुलाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्