Logo

प्रतिष्ठान अध्यक्ष पंगेनीको नेतृत्वमा राहत वितरण 



काठमाडौं, १ भदौ। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको पहलमा बाढी प्रभावितहरुको लागि संकलित राहत सामाग्री बितरण गरिएको छ ।

प्रतिस्ठानले बाढी प्रभावितहरुको सहयोगार्थ पहिलो चरण अन्तर्गत रौतहटका बाढी पीडितलाई संकलङ गरिएको साढे तिन लाख बढिको राहात सामाग्री बितरण गरिएको हो ।

प्रतिस्ठानका अध्यक्ष बर्दी पंगेनीको नेतृत्वमा आज उक्त नगद र जिन्सिसहितको सामाग्री रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापालाई हस्तान्तरण गरिएको थियो ।

प्रभावितहरुका लागी प्रतिष्ठान केन्द्रिय समितीले एक लाख, अमेरिका निवासी गायिका निर्मला भण्डारीको पहलमा सङ्कलित ६७ हजार ५ सय, बागलुङ कलाकार समाजबाट प्राप्त ५० हजार, काष्ठ व्यावसायिक संघ काठमाडौबाट प्राप्त १ लाख ११ हजार १ सय १ रुपैयाँ र कलाकार नवराज पन्तबाट २५ हजार बराबरको त्रीपाल बितरण गरिएको प्रतिस्ठानले जनाएको छ ।

बाढी प्रभावितको उद्दार र राहातका निम्ति प्रतिस्ठानले आफ्नो पहलमा राहात सकलन र बितरणको अभियान जारी राखेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्