Logo

समाजसेवी केसीद्धारा स्याङ्जाको क्याक्मि स्वास्थ्य चौकीलाई ४ लाख सहयोग



काठमाडौं, ७ कार्तिक । एनआरएनए कतारका युवा संयोजक एवं समाजसेवी माया केसीले स्याङ्जाको क्याक्मि स्वास्थ्य चौकीको वृहत विकास र स्थानिय जनताको स्वास्थ्य सुविधाको लागि ४ लाख रुपैया सहयोग गरेकि छन् ।

क्याक्मी ईकाई स्याङ्जा समाज दोहा कतारले आयोजना गरेको एक कार्यक्रममा केसीले स्याङ्जा जिल्ला हरिनास गाउपालिका क्याक्मि स्वास्थ्य चौकीको लागि उक्त रकम हस्तान्तरण गरेकि हुन् ।

समाज सेवामा सक्रिय रहँदै आएकि केसीले यस अघि पनि विभिन्न सामाजिक संघसंस्थाहरुलाई सहयोग गरिसकेकि छन् । समाजसेवी केसी कतारकी एक सफल व्यवसायीका साथै साहित्यकार समेत हुन् ।

त्यस्तै पिताम्बर माध्यामिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु मध्यबाट सर्वोत्कृष्ट, विद्यालय प्रथम, नियमित हाजिर हुने लगायत विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो । विभिन्न पेशा व्यवसायमा आवद्ध प्रवासी स्याङजालीहरुले समेत केसीलाई धन्यवाद दिएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्